Tuesday, May 2, 2023

Vocational education in Nepal

 In country like Australia, Canada, America, Europe and Japan more than 80% of education id vocational and practical education, while in Nepal merely 3% of those who have access to education, get practical training.

today current news from education minister regarding NOC #supportnoc #supportvocationaleducational #kumarchalise #chefcourse #Culinaryarts #globalvet #vocationalnepal #trainingnepal #TVET #Skills #CTEVT #Govermentofnepal #edusector #article #australiavisa #targetage #Earntvet #nepalesegeritagefood #globalization #nepalesetaste #articleoffood #foodwriter #foodstory #foodtour


 

Monday, April 24, 2023

क्याल्सीयमदेखि क्यान्सरसम्मको रोगका लागि गुणकारी हुन्छ फर्सिको मुन्टा, के तपाईले खाने गर्नुभएको छ ?

 

हरियो सागपात मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । अझ हरियो साग खानाले आँखा तेजिलो हुने चिकित्सकहरु बताउँछन् । हरियो सागसब्जीमध्ये फर्सीको मुन्टामा अझ विशेष गुण हुन्छ । जुन मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । त्यसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ ।

फर्सीको पातको साग वा फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । फर्सीको साग विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ । फर्सीको मुन्टा भिटामिन ई, सी, ए, बी-६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो । मानव स्वास्थ्यलाई स्वस्थ राख्नको लागि शरीरमा यी सबै खनिज तथा पौष्टिक तत्वको आवश्यकता पर्दछ ।

युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ कि जसले खतरनाक रोगबाट जोगिन मद्दत गर्छ । फर्सीको साग आफ्नो नियमित भोजनमा खानुहुन्छ भने उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षित बन्न सकिने चिकित्सकहरु बताउँछन् ।

फर्सीको मुन्टा खानुका फाइदा: फर्सीको पातमा पाइने एन्टी–अक्सीडेन्टले बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा सहयोगी हुन्छ । मानिसहरुमा उच्च कोलेस्ट्रोलको समस्याले पीडा दिएको हुन्छ । तर, कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको मुन्टाको साग भने निकै उत्तम मानिन्छ ।

फर्सीको पातमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै तपाईँको मुटुलाई पनि स्वस्थ राख्नमा सहयोग पुर्‍याउँछ।त्यस्तै फर्सीको मुन्टाको साग खाँदा आँखा तेजिलो बन्छ । फर्सीको पातमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाको लागि राम्रो मानिन्छ।

यसले प्रजनन क्षमतामा समेत वृद्धि गर्ने गर्छ । फर्सीको मुन्टाको सागले नष्ट भएको टेस्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पुर्याउँछ । जसको मद्दतले प्रजनन क्षमतामा वृद्धि हुन्छ । त्यस्तै, छालाका सुन्दर बनाउँ पनि फर्सीको मुन्टा विशेष मान्छि । फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ । जुन तपाईँको छालाको लागि फाइदाजनक हुन्छ ।

भिटामीन सी ले छालामा भएको मृत तन्तुलाई जीवित बनाउन मद्दत गर्नुका साथै छालालाई स्वस्थ बनाइ राख्छ । यसले मधुमेह रोग नियन्त्रणमा पनि मद्दत पुर्‍याउँछ । फर्सीको मुन्टामा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ जसले ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ ।

त्यतिमात्र नभएर फर्सीको मुन्टामा खतरनाक रोग क्यान्सरालाई समेत निको पार्ने गुण हुन्छ । फर्सीको पातमा पाइने फाइबरले क्यान्सर कोषीकाहरुलाई रोक्नमा मद्दत पुर्याउने चिकित्सकहरु बताउँछन्। यसले पाचन प्रणालीलाई स्वस्थ राख्छ, पाँचन प्रणाली स्वस्थ हुनु भनेको अधिकांश रोगबाट छुटकार पाउनु पनि हो।




Thank you 

K. Daily 

Tuesday, April 11, 2023

केराको बुङ्गो खानुका यस्ता छन् अनगिन्ती फाइदाहरु, बुढ्यौलीपन कम गर्नदेखी क्यान्सरको जोखिम कम गर्न अमृत समान

 

एजेन्सी । केरा निकै मिठो र स्वास्थ्यको लागी गुणकारी फल हो । यसमा हाम्रो स्वास्थ्यको लागी आवश्यक ३ वटा प्राकृतिक सुगर पाइन्छ । ती हुन् ,सुक्रोज फ्रुकोज र ग्लुकोज । त्यस्तै केराको कोसा बाहेक यसको बुङ्गो पनि हाम्रो लागी फाइदाजनक हुन्छ ।

यसले स्वालमा मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी काम गर्छ । बुङ्गोमा एन्टि अक्सिडियन्ट हुने हुँदा मुटुको समस्या ,क्यान्सर,बुढ्यौलीपन पनि कम गर्नका लागी सहयोग गर्छ ।

हामीले केराको बुङ्गोको विभिन्न परिकार बनाएर खाएमा पेट फुल्ने ,अपच हुने, दुख्ने र कब्जियतको समस्याबाट समेत बच्न सकिन्छ । त्यस्तै यसले मधुमेह र डिप्रेसन भएको व्यक्तिहरुको लागी एकदमै फाइदाजनक हुन्छ ।

किनभने केराको बुङ्गामा प्रशस्त मात्रामा म्याग्नेसियम र अनावश्यक ईन्सुलिनको मात्रा घटाउने तत्व पाइन्छ । मृगौला र मुत्र प्रणालीलाई समेत फाइदाजनक हुन्छ । किनभने केराको बुङ्गामा आईरन, क्याल्सियम तथा कपर जस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ ।

यदि केराको बुङ्गोलाई पकाएर दहीसँग खानाले शरिरमा प्रोजिस्ट्रान तह बढ्नेछ । त्यसका साथै अत्यधिक मात्रामा हुने ब्लिडिङ पनि कम हुन्छ । यो सुत्केरी तथा गर्भवती महिलाको लागि निकै फाइदाजनक हुन्छ ।

Saturday, March 25, 2023

मेवाको पातः यस्ता ज्या’ नै लिने रो’ गको पनि हुन्छ अचुक औषधि

 

जहाँ पनि सजिलै पाइने स्वादिष्ट फल हो मेवा । मेवा खादा मिठो हुने मात्र होइन यसले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ । हामिले मेवा खाएका छौ तर मेवाको पात भने खाएका छैनौ होला । हेर्दा सामान्य लाग्ने मेवाको पातमा पनि धेरै औषधिय गुण हुन्छन् । हामिले मेवाको जुस बनाएर पिउने गरेमा यसले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ।

धेरै रोगबाट बचाउन मेवाको पातले सहयोग गर्छ । मेवाको पातको जुस बनाएर पिउदा धेरै रोगबाट पनि छुटकारा पाउन सकिन्छ । यसको सेबन गर्नाले क्यान्सर कोषलाई बढ्न दिदैँन, यसको क्यान्सरसंग लड्ने क्षमता हुन्छ । यसको सेबन गर्नाले शरीरको इम्यूनिटी बढाउछ जसले इन्फेक्शन हुनबाट बचाउँछ । यसले डेंगू र मलेरियासँग लड्न सहयोग गर्छ ।

यदि महिलाहरुलाई महिनावारीको समयमा पेट दुख्छ भने यसको सेबनले दुखाइबाट बचाउछ। मेवाको पातको जूसमा इमली, नून र २ गिलास पानी मिसाएर पिउनाले महिनावारीको दुखाइ कम हुन्छ । मेवाको पातको जुस पिउनमले रगतको मात्रा बढाउछ।

यो पनि पढ्नुस,योगासन गर्दा सावधानी अपनाउनुपर्ने १५ कुरा, व्यावहारिक हिसाबले शरीर, मन र भावनालाई सन्तुलित गर्ने र तालमेल मिलाइराख्ने एक साधन हो, योग । यस्तो योग आसन, प्राणायाम, मुद्रा बँध र षट्कर्म एवं ध्यानको अभ्यासबाट प्राप्त हुन्छ । योगले शरीरको अंग, मांसपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्छ ।



शारीरिक एवं मानसिक उपचारमा योग सर्वाेत्तम विकल्प हो । यो यति शक्तिशाली एवं प्रभावकारी यसकारण हुन्छ कि, यसले सद्भाव र एकीकरणको सिद्धान्तमा काम गर्छ । मधुमेह, उच्च रक्तचाप, दम, युरिन एसिड, पाचन विकार, बाथ जस्ता रोगको नियन्त्रण एवं निदानका लागि योग अपरिहार्य छ । मानसिक तथा शारीरिक विकार हटाएर शरीरलाई स्वस्थ बनाउन योगले महत्वपूर्ण काम गर्छ ।

योगासन आफैंमा एउटा जटिल र महत्वपूर्ण क्रिया हो । शारीरिक एवं मानसिक तन्दुरुस्तीको लागि नियमित योगासन गर्नु अनिवार्य हुन्छ । तर योगासन भनेको अव्यवस्थित र विना योजना गर्ने अभ्यास भने होइन । यस्तो अवस्थामा यो घातक पनि हुन सक्छ । योजनाविहीन र कुनै प्रशिक्षकको सल्लाह विना नै यस्तो अभ्यास गर्दा यसले समस्या निम्त्याउन सक्ने भएकोले योगासनपूर्व केही कुरामा सावधानी अपनाउनुपर्ने हुन्छ ।

योगासनमा अपनाउनुपर्ने सावधानी : योगासन गर्नुपूर्व शौच, स्नान आदि निवृत्ति आवश्यक छ । प्रातः कालमा योगासन गर्नु अधिक लाभकारी हुन्छ । योगासन गरेपछि तुरुन्तै स्नान गर्नु उपयुक्त हुँदैन । पसिनालाई पंखामा नसुकाउनुहोस्, शरीरको ताप सामान्य नहुँदासम्म स्नान नगर्नुहोस् । योगासनको आधा घण्टापछि दूध, दलीय खाना, फल या अंकुरित अन्न थोरै भए पनि अवश्य लिनुहोस् । आसन एकान्त तथा धुलो, माटो वा धुलो रहित हुनुपर्छ ।



घरको छत, पार्क, नदीको किनार अथवा यस्तै खुल्ला ठाउँमा योग गर्नु उपयुक्त हुन्छ । जहाँ शुद्ध हावा आउने जाने भइरहन्छ । अधिक चिसोमा योगासन खुला कोठामा गर्न सकिन्छ । आसन गर्ने समयमा वस्त्र थोरैभन्दा थोरै शरीरमा खुल्ला आलको हुनुपर्छ । समतल भूमिमा बाक्लो कम्मल, बाक्लो दरी राखेर आसन तयार पार्नुहोस् । खाली भूमिमा केही पनि नबिछ्याइ आसन तयार नपार्नुहोस् । जसले शरीरमा हुनेवाला विद्युत् प्रवाह नष्ट हुँदैन । सास मुखले नलिएर नाकले लिनुपर्छ । आसन गर्ने समयका साथ जबरजस्ती नगर्नुहोस् । अतः धैर्यपूर्वक आसन गर्नुहोस् ।

आसनको पूर्व थोरै ताजा जल पिउनु लाभदायक हुन्छ । अक्सिजन र हाइड्रोजनमा विभाजित भएर सन्धि स्थानको मल निकाल्नमा पानी सहायक हुने गर्छ । आसनको स्थितिमा श्वासप्रश्वासको विशेष ध्यान राख्नुहोस् । आसन गर्दा जति समय सहजताका साथ गर्न सक्नुहुन्छ त्यति समय गर्नुहोस् । आसन नियमित तथा एकाग्रचित्त राखेर गर्नुहोस् । रुग्णावस्थामा कुशल योग शिक्षकको रेखदेख आवश्यक पर्छ । भोजनको चार घण्टापछि मात्रै आसन शुरु गर्न सक्नुहुनेछ ।

#maywakopat #mewaokopaat #miwa #kumarchaliseblog #papaya #papayaleaf #swadnepalko #nepalesetaste #tasteofkathmandu #mewa #lokparikarharu #ghumdaikhadaigarney #bhojanparyantan #chefkumarchaliserecipes #bhojankitab #flavorofnepal 





copied 

Saturday, March 11, 2023

Young Chef's Competition 2023

 

 Celebrating Glorious 50 Years of Excellence in Hospitality and Tourism Education: NATHM's Journey of Empowering Future Industry Leaders!!

Intra NATHM Young Chef's Competition 2023 begins at NATHM on the occasion of the golden jubilee. Thank you NATHM for the opportunity as an honored Judge for this competition. Cheers to all the young chefs’ participant. Huge appreciation to NATHM chefs, faculty and management teams for your support.

A pioneer institution for tourism and hospitality education in Nepal.







 

#youngchefscompetitionnepal #chefscompition2023 #youngchefs #cookingcompetition #govermentcampus #exploringnepalesecuisine #experiencenepal2023 #heritagenepalicooking #swad #tasteofkathmandu #flavorofnepal #50anniversary #nepalacademyoftourism #kumarchalise #centerofchefexcellence #fabulouschef #BHM #culinaryarts #NATHM #goldenyear #BTTM #MHM #ihra #ministryofculturetourismcivilaviation #hospitalitynepal

 

Tuesday, February 28, 2023

How important is cookery today?

 

They allow people to make healthier food choices. It is, therefore, important to teach children and teenagers how to cook and to encourage them to develop their cooking skills.

Reasons for cooking food
  • Cooking makes food easier to eat.
  • It makes food more appetizing and palatable.
  • It makes food easier to digest.
  • It makes food safe to eat. 
  • Some foods keep longer when cooked. 
  • Cooking improves the appearance of food.
  • It improves the taste of food.

#swad #tasteofkathmandu #flavoursofnepal #chefkumarchalise #kumarchalise 
#bhojan #raithanepakwan #Nepalkolokparikar #culinarynepal #gastronomynepal 







Friday, February 10, 2023

Nepalese POPUP Restaurant Australia 2023 coming soon

 

Pop-up restaurants are a type of short-term restaurant that allows chefs to try out new concepts, test new audiences, experiment with edgier cuisine, fundraise money, or draw new investors without the expense of opening a traditional restaurant.

#popupnepalesecuisine #sandharko #unickpopuprestaurant #tastingnepal2023 #nepaleseflavortoaustralia #kumarchaliseofficials #chefkumarchalisetrust #kumarchalisefansclub #bookyourtablessoon #twotables #nepalesetaste #swad #flavorofnepal #tasteofnepalma #Nepalimodernrestaurant

#ऐरीको चुक

#kavrakotusasandeko

#साँधेको हिउँ

#bhokmilo

#लोकपरिकार

#भोजनभ्रमण

#pressmeethudai #NRNA #govermentofnepal #worldnepalesechefs #experiencenepal #heritagenepalesecuisine #chefsevent #cheftablesma

Modern Nepalese Jaulo with tender buff and saute water cress 






TV interview 



Kitchen Demo




Wednesday, December 28, 2022

गाेलभेडा, अlलु र सयपत्री ll Story about tomato and potato

 

गाेलभेडा, अालु र सयपत्री

स्पेनका शासकहरूले दक्षिण अमेरिकाका एजटेक (Aztec) हरूलाइ हराएपछि एजटेकहरूले घरेलुकरण गरेर सदियाैंदेखि खेतिपाती गरिअाएकाे वनस्पति गाेलभेडालाइ स्पेनमा भित्राए । स्पेनका शासकहरू त्यसबेला शिसा (lead) र जस्ता लगायतका धातुबाट बनेका प्लेटमा खानेकुराहरू खान्थ्ये तर जनताहरू काठले बनेका प्लेटहरूमा । गाेलभेडाकाे सस (sauce) शिसाकाे प्लेटमा राखेर खाँदा गाेलभेडाकाे अम्लियपन (एसिड) काे कारण त्यसले प्लेटकाे शिसा उत्काएर त्याे खानामा मिसिन्थ्याे र खाना लिड मिसिएपछि विसाक्त हुन्थ्याे । त्याे खाएर स्पेनका शासकहरू सिल्टिमुर भएपछि गाेलभेडालाइ विषालु स्याउ (poisonous apple) भनेर स्पेन र यूराेपभरि खानकाे लागि प्रतिवन्ध लगाइयाे । कसाे कसाे गरि इटालियनहरूले जब गाेलभेडाकाे पेष्ट दलेकाे राेटी, पिज्जाकाे अाविष्कार गरे । त्यसपछि गाेलभेडा स्विकार्य भएर खान थालियाे र चर्चित बन्याे यूराेपभर र स्पेनिसहरूले यसलाइ संसारभर फैलाए । यसरी मेक्सिकाेकाे रैथाने गाेलभेडा जुन कुनै बेला यूराेपमा प्रतिवन्धित थियाे, इटालियन खाना पिज्जाकाे लागि नभइ नहुने एउटा ingredients बन्न पुग्याे ।


दक्षिण अमेरिकाकै एन्डिज पर्वतमालाकाे रैथाने वनस्पति अालुलाइ युराेपेली साम्राज्यवादीहरूले १६ अाैं शताब्दीतिर यूराेपमा भित्राए । जमिन मुनि फल्ने, जाडाेमा पनि हुने, पाैष्ठीक खाना अालु यूराेपमा चाडै नै प्रख्यात भयाे र गहुँकाे विकल्पकाे रूपमा देखा पर्याे । त्याे बेला युद्धकाे समयमा अरूलाइ अाक्रमण गर्दा खाद्य वस्तुहरूलाइ अागाे लगाएर ध्यस्त पारिन्थ्याे । हालै पनि रसियाले युक्रेनका खाध्यान्न भन्डारहरूमा त्यस्तै गर्याे । तर अालु जमिन मुनि फल्ने भएकाेले त्यसरी युद्धमा विपक्षीमाथि झाेसिने अागाेले मास्न सक्दैन थियाे, जसले गर्दा याे रणनैतिक रूपमा कठाेर समयमा बाँच्ने खानाकाे रूपमा झनै महत्वपूर्ण मानियाे । तर अालुकाे अाकार कुष्ठ राेगीहरूकाे हात र खुट्टाका अाैंलासँग मिल्दाेजुल्दाे थियाे । त्यसले गर्दा फ्रान्समा अालुकाे कारण कुष्ठराेग लाग्ने ठहर गरि संसदिय कानुन नै बनाएर फ्रान्समा अालु प्रतिबन्धित भयाे । धेरैपछि मात्रै त्यहाँ अालु खेतिलाइ कानुनसम्मत बनाइयाे । याे कुरा बेग्लै हाे कि अालुकाे चिप्सलाइ यतिखेर फ्रान्सकाे राष्ट्रियतासँग जाेडेर 'फ्रेन्च फाइज' भनिन्छ,

नेपालमा 'मुस्ताङ अालु' भनेजस्तै । 

गैह्ररैथाने बालि भएपतापनि अालु फ्रान्सकाे र गाेलभेडा इटालिकाे राष्ट्रियता संस्कृतिसँग जाेडिएजस्तै दक्षिण अमेरिका विषेशगरि मेक्सिकाेकाे रैथाने प्रजाति सयपत्री हाम्राे संस्कृतिसँग जाेडिएकाे छ । तिहारमा लगाइने सयपत्री र मखमलीकाे मालालाइ यमराज र वहिनी यमुनाकाे कथामा जाेडेर उक्त फूलकाे माला लगाएमा भाइलाइ कालले नछुने यमराजकाे अाशिषकाे किम्बदन्ती बनाएर गैह्ररैथाने फूल हाम्राे संस्कृतिसँग अभिन्न जाेडिएकाेछ । जसरी मेक्सिकाेकाे रैथाने बाली मकै र मध्य एशियाकाे गहुँ जाैं हाम्राे सरदयामकाे अर्काे चाड दशैंकाे जमरा बन्नपुग्याे । केहि पुस्तापछि रंगाेली त्यसैगरि हाम्राे 'अाफ्रनै' हुनेछ । संस्कृति भन्ने कुरामा अाफ्रनाे र पराय भन्ने कुरा सपाट सेताे र कालाे हुँदैन रहेछ कि बरू खाैराे रंग हुन्छ कि ?

Thank you kedar sharma dai 

Saturday, December 24, 2022

सहरमा मौलिक स्वाद ll रैथाने परिकारका ll मौलिक खाना

 


काठमाडौँ — बजिरहेको डम्फुको धुन । तामाङ भाषामा चलिरहेको सेलो भाका, भित्तामा सजिसजाउ सोली, ठेकी, लाल्टिन, पेरुङ्गा । अनि भान्छामा पाकिरहेको खानाको बास्ना । दूरदराजका बस्ती छाडेर राजधानीमा जीविकोपार्जनका क्रममा आइपुगेका तामाङ समुदाय हुन् वा उनीहरूका भान्साका परिकार चिनेका छिमेकी । सबैलाई गाउँको झल्को दिन्छ ।

स्वयम्भू विजेश्वरीमा तीन वर्षदेखि सञ्चालनमा रहेको तामाङ कुदाप धिम रेस्टुरेन्टमा तामाङका प्रचलित परिकार मात्र छैन, समुदायका परम्परागत प्रयोगका सामग्रीहरूलाई जगेर्नाको जमर्को गरिएको छ । तामाङ भाषाअनुसार कुदापको अर्थ चुलो र धिमले घर भन्ने बुझाउँछ । ‘यो रेस्टुरेन्ट गाउँ छाडेर सहरवासी बनेकालाई हाम्रा मौलिक खाना, संस्कार संस्कृतिसँग साक्षात्कार गराउने उद्देश्य पनि हो,’ सञ्चालक फूलकुमार बोम्जन तामाङले भने ।

बोम्जन आफैं सेलो गीत–संगीत र साहित्यमा क्रियाशील छन् । उनले सेलो गीतमार्फत प्रस्तुत गरेका छन् । डेढ दशकभन्दा बढी नेपाली सेनामा जागिरे जीवनपछि व्यवसायको बाटो मौलिकतालाई बोकेर लागेका हुन् । ‘जागिरे र कलाकारिताको जीवनमा देशविदेश घुम्दै जाँदा मैले सबैको आफ्नो भनेर देखाउने थुप्रै चिजहरू देखेँ तर तामाङको खासै बाहिर आएको देखिनँ,’ उनी भन्छन् । अध्ययन अनुसन्धानका क्रममा समुदायलाई चिनाउने चिजहरू आफ्नै वरपर छरपस्ट रहेको उनले देखे । त्यसैलाई संकलन तथा प्रदर्शन गर्न व्यवसायलाई माध्यम बनाए । कुदाप धिममा समुदायका गतिविधि झल्काउने गोष्ठी, छलफल तथा विभिन्न साहित्यिक, सांगीतिक कार्यक्रमहरू पनि भइरहन्छन् । उनी थप्छन्, ‘रेस्टुरेन्टका रूपमा अघि सारिएको यो खासमा एउटा चौतारी जस्तो होस् भन्ने हाम्रो अवधारणा हो । खानाको बहानामा आउने ग्राहकले यहाँ आएर कमसेकम एउटा चिज मात्र भए पनि आफ्नोबारे थाहा पाओस् भन्ने हामी चाहन्छौं ।’

रेस्टुरेन्टमा आउनेलाई बोम्जन डम्फुको धनु सुनाउने मात्र होइन बजाउनसमेत सिकाउँछन् र संग्रहालयकै पाराले संकलन गरेर राखेका सामग्रीहरूबारे बेलिविस्तार लगाउँछन् । रेस्टुरेन्टमा तामाङ भनी सर्वप्रथम पहिचान दिलाउने सरदार बहादुर सुबेदार मेजर जंगवीर तामाङदेखि लेखक बुद्धिमान तामाङ, विद्रोही योद्धा सेक्के तामाङ, तामाङ स्रष्टाहरू पारिजात, गोपाल योञ्जन, अरुणा लामालगायत व्यक्तिहरूको तस्बिरहरू संग्रहित छन् ।

यसले समुदायको अग्रज व्यक्तित्व र इतिहास प्रस्ट्याउने बोम्जनको ठहर छ । समुदायको मौलिक संस्कृति र संस्कारका पक्षहरू जगेर्ना गर्न कतिपय कुराहरू प्रचलित कानुनले बर्जित गरेकाले आफ्नो समूहले प्रस्तुत गर्न नसकेको उनको गुनासो छ । डीबी लामा, मंगल थोकरलगायत चार जना सञ्चालक रहेको रेस्टुरेन्टमा दर्जनको हाराहारीमा तामाङ परिकारहरू पाक्छ । गेङ (फापर र कोदोको रोटी), आलुम (कोदो वा फापरको पीठोलाई मुछेर स–साना डल्ला बनाएर पानीमा उमालेर बनाइने खाना), बुजु (चामलको भात मुछी विभिन्न आकृतिमा बनाइने खाना), भुटेको मकैभटमास, तिस्या (जंगली कन्दमूल), उसिनेको पिँडालु, तरुल, आइराक, निङ्गु (पम्परागत विधिबाट बनाइएको रक्सी, छ्याङ) रेस्टुरेन्टमा पाक्ने विशेष परिकारहरू हुन् । सहरीकरणसँगै मानिसहरूको बसाइँसराइ सहरतिर स्थानान्तरण भएपछि मौलिक पक्षहरू ओझेल पर्दै गए । सहरमै रहेकाहरूले समेत आफ्नो मौलिकतालाई बिर्सन थालेपछि केही व्यक्तिहरू खानासँगै मौलिक पक्षलाई जगेर्ना गर्न लागिपरेका छन् । कुदाप धिम जस्तै काठमाडौं उपत्यकाभित्र थुप्रै नेवारी र राई/लिम्बूलगायतका संस्कृति झल्काउने रेस्टुरेन्ट सञ्चालनमा छन् ।

कीर्तिपुरस्थित ‘नेवा लहना,’ ‘ससः ध्वाखा,’ ताल्चीखेलको ‘सुम्निमा तापोखिम’, सातदोबाटोस्थित ‘चासुवा’ लगायतका रेस्टुरेन्टहरूले मौलिक खानाको स्वादसँगै मौलिकता बोकेको संस्कृतिसमेत सिकाइरहेका छन् । लहना र ससः ध्वाखाले नेवारी मौलिक खानालाई विशेष प्राथमिकताका साथ अगाडि बढाइरहेका छन् । दुवै रेस्टुरेन्टहरूमा नेवारी समुदायको खानासँगै मौलिक पहिरन, भौतिक संरचना, बसेर खाने संस्कारलाई देख्न सकिन्छ । कीर्तिपुरलाई नेवारी समाजको संस्कृति, सभ्यता र ऐतिहासिक रूपमा महत्त्वपूर्ण माने पनि हाल ती सबै पक्षहरू नयाँ पुस्तामा ओझेल पर्दै गएको लहनाका निर्देशक राजमान मानवले सुनाए । ओझेल पर्दै गएका पक्षलाई ब्युँताउने उद्देश्यले खाना संस्कार तथा व्यवसायसँग जोड्ने प्रयास गरिएको उनको भनाइ छ । डेढ दशकदेखि सञ्चालनमा रहेको लहनामा स्थानीय समुदायकै ७७ परिवार सञ्चालकका रूपमा छन् । यसले मौलिक पक्षको जगेर्नासँगै स्थानीय व्यक्तिहरूलाई रोजगारीको बाटोसमेत खुलेको उनले सुनाए । लहनामा नेवारी समुदायमा प्रचलित सबै प्रकारका खानाहरू परम्परागत विधिबाट नै तयार पारिन्छ । आवश्यक चामल, मसलाका प्रकार ओखल, ढिकीहरूमा कुटेर नै तयार गरिन्छ ।



लहना र ससः ध्वाखा दुवैमा यमरी, बारा, सन्याखुना, सेकुवा, छ्वय्ला, कचिला, चतामरी, अयला (रक्सी), थ्वोँ (छ्याङ) जस्ता नेवारी खानाका स्वादहरू लिन सकिन्छ । परिकारसँगै नेवारी संगीत, कर्मचारीहरूको नेवारी भेषभूषा, खानामा प्रयोग गरिने सामग्री तथा बस्ने ठाउँ दुवै रेस्टुरेन्टका विशेषता हुन् । कीर्तिपुरलाई नेवारी खानाको मुख्य केन्द्रबिन्दु बनाउन सकेमा पर्यटन प्रवर्द्धन गर्न सकिने निर्देशक मानवको ठहर छ । ‘सुम्निमा’ र ‘चासुवा’ मा भने राई समुदायको मौलिक खाना र संस्कारलाई प्रवर्द्धन गरिएको छ । विशेषगरी कुखुरा र बंगुरका मासुबाट बनाइने परिकारहरू दुवैमा रेस्टुरेन्टमा पाइन्छन् । ‘चासुवा’ मा प्रत्येक हप्ता शुक्रबार किराँती संस्कार झल्कने पूर्वेली लोकभाकाहरूसमेत प्रत्यक्ष प्रस्तुति हुने सञ्चालक विकास राईले बताए । सहरमा आधुनिकतासँगै विस्थापित भएको खानालाई देखाउन जोखिम मोलेर भए पनि झन्डै दुई वर्षदेखि ‘चासुवा’ सञ्चालन गरिरहेको राईले सुनाए ।

पाश्चात्य संस्कृतिसँगै उतैको संस्कार अँगालेका अहिलेका पुस्तालाई मौलिक पक्षलाई बुझाउन कठिन रहेको सञ्चालकहरूको अनुभव छ । मौलिक खाना, त्यसको गुणस्तर, मौलिक सामग्री जुटाउन र त्यसको ऐतिहासिक पृष्ठभूमिसमेत बुझाउनुपर्ने अर्को झन्झटिलो काम रहेको उनीहरू सुनाउँछन् । चुनौतीपूर्ण काम भए पनि मौलिक पक्ष जोडिएकाले अवसरसँगै आफ्नोपनाको आभास आउने राईको मत छ ।

सुदूर थातथलो छाडेर सहरिया शैली अपनाएकाहरु गाउँले जीवन र परम्परागत संगीतलाई रैथाने परिकारका साथ साक्षात्कार गर्दै

Thank you सुशीला तामा‌ङ

Saturday, December 3, 2022

What factors influence food trends?


Environmental factors such as weather, time of day, the immediate setting, or advertisements also influence food choices. Restaurants and markets often take advantage of this. For example, a grocery store might put food at eye level to encourage shoppers to purchase it.


Saturday, August 6, 2022

Cooking II Unit V II Pokhara University

 

Cooking

Introduction

Cooking is a process of chemical and physical change in food items to become a complete dish in which more than two ingredients or food commodity are combined and processed by application of heat. Cookery is defined as a “Chemical Process”, the mixing of ingredients; the application and withdrawal of heat; decision-making, technical knowledge and manipulative skills. In the more advanced stages a further element occurs- that of creativity. Cookery is considered to be both an art and technology. It gives a variety to the menu, as one-food items could be cooked in various ways and gives different textures. Different methods of coking when used make the menu interesting and enhance variety. It is therefore, easier to plan balanced diet. Cooking also preserves food for a longer time. The high temperature destroys bacteria and limits spoilage.

Aims & Objectives of Cooking

The aim or the intention of cooking is to see that the food is cooked, undergoes a physical change, sometimes a chemical change and is acceptable. During the cooking process, it breaks down the cellulose in plant foods, softens some of the connective tissues of meat, and breaks down gets starches present. The alteration is brought about in texture, thus assisting mastication, by physical and chemical changes.

·   Well presentable, eye appealing

·   Improve taste, flavor and color

·   Give varieties to the dish. E. g. Roasted chicken. Chicken ala Kiev

·   Makes food palatable

·   Assists mastication.

·   Kills harmful bacteria and parasites.

·   Helps in the digestion.

·   Creating an appetite to the palate.

·   Attractive through chemical change.

·   Gives name to dish. E.g. poached egg, backed haddock

Methods of Heat Transfer

The process of cooking requires the transfer of heat energy throughout the food. Basically there are three methods of heat transfer.

1.      Conduction

2.      Convection

3.      Radiation

Conduction

It involves the transfer of heat in solid materials. Some materials retain heat in better than other. Copper heats up very quickly and evenly but does not retain heat very well. Stainless steel, iron, aluminum, ceramic cookware on the other hand retain heat well. Conduction includes shallow frying, sautéing and stir-frying.

Convection

It involves the transfer of heat in liquids and gases. On heating the particles expand, become less dense and rise. The colder particles sink to take their place. This cause convection current; which distribute heat to the food. Convection includes poaching, deep frying, braising.

Radiation

It involves the transfer of heat to the food from a very hot source, which is placed at the distance away from it. These waves pass the heat from heat sources and are absorbed into food. Most radiation of heat is found on the grill, salamander, toaster, microwave oven, electric oven or open barbecue where direct rays of heat pass from the heat sources on to the food and gets cooked

 


क्यान्सर निम्त्याउने एक्रिलामाइडको मात्रा सबैभन्दा बढी हुने ५ खानेकुराहरू

  क्यान्सर निम्त्याउने एक्रिलामाइडको मात्रा सबैभन्दा बढी हुने ५ खानेकुराहरू एक्रिलामाइड अपरिचित लाग्न सक्छ , तर यो धेरै दैनिक खाने...