Wednesday, December 28, 2022

गाेलभेडा, अlलु र सयपत्री ll Story about tomato and potato

 

गाेलभेडा, अालु र सयपत्री

स्पेनका शासकहरूले दक्षिण अमेरिकाका एजटेक (Aztec) हरूलाइ हराएपछि एजटेकहरूले घरेलुकरण गरेर सदियाैंदेखि खेतिपाती गरिअाएकाे वनस्पति गाेलभेडालाइ स्पेनमा भित्राए । स्पेनका शासकहरू त्यसबेला शिसा (lead) र जस्ता लगायतका धातुबाट बनेका प्लेटमा खानेकुराहरू खान्थ्ये तर जनताहरू काठले बनेका प्लेटहरूमा । गाेलभेडाकाे सस (sauce) शिसाकाे प्लेटमा राखेर खाँदा गाेलभेडाकाे अम्लियपन (एसिड) काे कारण त्यसले प्लेटकाे शिसा उत्काएर त्याे खानामा मिसिन्थ्याे र खाना लिड मिसिएपछि विसाक्त हुन्थ्याे । त्याे खाएर स्पेनका शासकहरू सिल्टिमुर भएपछि गाेलभेडालाइ विषालु स्याउ (poisonous apple) भनेर स्पेन र यूराेपभरि खानकाे लागि प्रतिवन्ध लगाइयाे । कसाे कसाे गरि इटालियनहरूले जब गाेलभेडाकाे पेष्ट दलेकाे राेटी, पिज्जाकाे अाविष्कार गरे । त्यसपछि गाेलभेडा स्विकार्य भएर खान थालियाे र चर्चित बन्याे यूराेपभर र स्पेनिसहरूले यसलाइ संसारभर फैलाए । यसरी मेक्सिकाेकाे रैथाने गाेलभेडा जुन कुनै बेला यूराेपमा प्रतिवन्धित थियाे, इटालियन खाना पिज्जाकाे लागि नभइ नहुने एउटा ingredients बन्न पुग्याे ।


दक्षिण अमेरिकाकै एन्डिज पर्वतमालाकाे रैथाने वनस्पति अालुलाइ युराेपेली साम्राज्यवादीहरूले १६ अाैं शताब्दीतिर यूराेपमा भित्राए । जमिन मुनि फल्ने, जाडाेमा पनि हुने, पाैष्ठीक खाना अालु यूराेपमा चाडै नै प्रख्यात भयाे र गहुँकाे विकल्पकाे रूपमा देखा पर्याे । त्याे बेला युद्धकाे समयमा अरूलाइ अाक्रमण गर्दा खाद्य वस्तुहरूलाइ अागाे लगाएर ध्यस्त पारिन्थ्याे । हालै पनि रसियाले युक्रेनका खाध्यान्न भन्डारहरूमा त्यस्तै गर्याे । तर अालु जमिन मुनि फल्ने भएकाेले त्यसरी युद्धमा विपक्षीमाथि झाेसिने अागाेले मास्न सक्दैन थियाे, जसले गर्दा याे रणनैतिक रूपमा कठाेर समयमा बाँच्ने खानाकाे रूपमा झनै महत्वपूर्ण मानियाे । तर अालुकाे अाकार कुष्ठ राेगीहरूकाे हात र खुट्टाका अाैंलासँग मिल्दाेजुल्दाे थियाे । त्यसले गर्दा फ्रान्समा अालुकाे कारण कुष्ठराेग लाग्ने ठहर गरि संसदिय कानुन नै बनाएर फ्रान्समा अालु प्रतिबन्धित भयाे । धेरैपछि मात्रै त्यहाँ अालु खेतिलाइ कानुनसम्मत बनाइयाे । याे कुरा बेग्लै हाे कि अालुकाे चिप्सलाइ यतिखेर फ्रान्सकाे राष्ट्रियतासँग जाेडेर 'फ्रेन्च फाइज' भनिन्छ,

नेपालमा 'मुस्ताङ अालु' भनेजस्तै । 

गैह्ररैथाने बालि भएपतापनि अालु फ्रान्सकाे र गाेलभेडा इटालिकाे राष्ट्रियता संस्कृतिसँग जाेडिएजस्तै दक्षिण अमेरिका विषेशगरि मेक्सिकाेकाे रैथाने प्रजाति सयपत्री हाम्राे संस्कृतिसँग जाेडिएकाे छ । तिहारमा लगाइने सयपत्री र मखमलीकाे मालालाइ यमराज र वहिनी यमुनाकाे कथामा जाेडेर उक्त फूलकाे माला लगाएमा भाइलाइ कालले नछुने यमराजकाे अाशिषकाे किम्बदन्ती बनाएर गैह्ररैथाने फूल हाम्राे संस्कृतिसँग अभिन्न जाेडिएकाेछ । जसरी मेक्सिकाेकाे रैथाने बाली मकै र मध्य एशियाकाे गहुँ जाैं हाम्राे सरदयामकाे अर्काे चाड दशैंकाे जमरा बन्नपुग्याे । केहि पुस्तापछि रंगाेली त्यसैगरि हाम्राे 'अाफ्रनै' हुनेछ । संस्कृति भन्ने कुरामा अाफ्रनाे र पराय भन्ने कुरा सपाट सेताे र कालाे हुँदैन रहेछ कि बरू खाैराे रंग हुन्छ कि ?

Thank you kedar sharma dai 

Saturday, December 24, 2022

सहरमा मौलिक स्वाद ll रैथाने परिकारका ll मौलिक खाना

 


काठमाडौँ — बजिरहेको डम्फुको धुन । तामाङ भाषामा चलिरहेको सेलो भाका, भित्तामा सजिसजाउ सोली, ठेकी, लाल्टिन, पेरुङ्गा । अनि भान्छामा पाकिरहेको खानाको बास्ना । दूरदराजका बस्ती छाडेर राजधानीमा जीविकोपार्जनका क्रममा आइपुगेका तामाङ समुदाय हुन् वा उनीहरूका भान्साका परिकार चिनेका छिमेकी । सबैलाई गाउँको झल्को दिन्छ ।

स्वयम्भू विजेश्वरीमा तीन वर्षदेखि सञ्चालनमा रहेको तामाङ कुदाप धिम रेस्टुरेन्टमा तामाङका प्रचलित परिकार मात्र छैन, समुदायका परम्परागत प्रयोगका सामग्रीहरूलाई जगेर्नाको जमर्को गरिएको छ । तामाङ भाषाअनुसार कुदापको अर्थ चुलो र धिमले घर भन्ने बुझाउँछ । ‘यो रेस्टुरेन्ट गाउँ छाडेर सहरवासी बनेकालाई हाम्रा मौलिक खाना, संस्कार संस्कृतिसँग साक्षात्कार गराउने उद्देश्य पनि हो,’ सञ्चालक फूलकुमार बोम्जन तामाङले भने ।

बोम्जन आफैं सेलो गीत–संगीत र साहित्यमा क्रियाशील छन् । उनले सेलो गीतमार्फत प्रस्तुत गरेका छन् । डेढ दशकभन्दा बढी नेपाली सेनामा जागिरे जीवनपछि व्यवसायको बाटो मौलिकतालाई बोकेर लागेका हुन् । ‘जागिरे र कलाकारिताको जीवनमा देशविदेश घुम्दै जाँदा मैले सबैको आफ्नो भनेर देखाउने थुप्रै चिजहरू देखेँ तर तामाङको खासै बाहिर आएको देखिनँ,’ उनी भन्छन् । अध्ययन अनुसन्धानका क्रममा समुदायलाई चिनाउने चिजहरू आफ्नै वरपर छरपस्ट रहेको उनले देखे । त्यसैलाई संकलन तथा प्रदर्शन गर्न व्यवसायलाई माध्यम बनाए । कुदाप धिममा समुदायका गतिविधि झल्काउने गोष्ठी, छलफल तथा विभिन्न साहित्यिक, सांगीतिक कार्यक्रमहरू पनि भइरहन्छन् । उनी थप्छन्, ‘रेस्टुरेन्टका रूपमा अघि सारिएको यो खासमा एउटा चौतारी जस्तो होस् भन्ने हाम्रो अवधारणा हो । खानाको बहानामा आउने ग्राहकले यहाँ आएर कमसेकम एउटा चिज मात्र भए पनि आफ्नोबारे थाहा पाओस् भन्ने हामी चाहन्छौं ।’

रेस्टुरेन्टमा आउनेलाई बोम्जन डम्फुको धनु सुनाउने मात्र होइन बजाउनसमेत सिकाउँछन् र संग्रहालयकै पाराले संकलन गरेर राखेका सामग्रीहरूबारे बेलिविस्तार लगाउँछन् । रेस्टुरेन्टमा तामाङ भनी सर्वप्रथम पहिचान दिलाउने सरदार बहादुर सुबेदार मेजर जंगवीर तामाङदेखि लेखक बुद्धिमान तामाङ, विद्रोही योद्धा सेक्के तामाङ, तामाङ स्रष्टाहरू पारिजात, गोपाल योञ्जन, अरुणा लामालगायत व्यक्तिहरूको तस्बिरहरू संग्रहित छन् ।

यसले समुदायको अग्रज व्यक्तित्व र इतिहास प्रस्ट्याउने बोम्जनको ठहर छ । समुदायको मौलिक संस्कृति र संस्कारका पक्षहरू जगेर्ना गर्न कतिपय कुराहरू प्रचलित कानुनले बर्जित गरेकाले आफ्नो समूहले प्रस्तुत गर्न नसकेको उनको गुनासो छ । डीबी लामा, मंगल थोकरलगायत चार जना सञ्चालक रहेको रेस्टुरेन्टमा दर्जनको हाराहारीमा तामाङ परिकारहरू पाक्छ । गेङ (फापर र कोदोको रोटी), आलुम (कोदो वा फापरको पीठोलाई मुछेर स–साना डल्ला बनाएर पानीमा उमालेर बनाइने खाना), बुजु (चामलको भात मुछी विभिन्न आकृतिमा बनाइने खाना), भुटेको मकैभटमास, तिस्या (जंगली कन्दमूल), उसिनेको पिँडालु, तरुल, आइराक, निङ्गु (पम्परागत विधिबाट बनाइएको रक्सी, छ्याङ) रेस्टुरेन्टमा पाक्ने विशेष परिकारहरू हुन् । सहरीकरणसँगै मानिसहरूको बसाइँसराइ सहरतिर स्थानान्तरण भएपछि मौलिक पक्षहरू ओझेल पर्दै गए । सहरमै रहेकाहरूले समेत आफ्नो मौलिकतालाई बिर्सन थालेपछि केही व्यक्तिहरू खानासँगै मौलिक पक्षलाई जगेर्ना गर्न लागिपरेका छन् । कुदाप धिम जस्तै काठमाडौं उपत्यकाभित्र थुप्रै नेवारी र राई/लिम्बूलगायतका संस्कृति झल्काउने रेस्टुरेन्ट सञ्चालनमा छन् ।

कीर्तिपुरस्थित ‘नेवा लहना,’ ‘ससः ध्वाखा,’ ताल्चीखेलको ‘सुम्निमा तापोखिम’, सातदोबाटोस्थित ‘चासुवा’ लगायतका रेस्टुरेन्टहरूले मौलिक खानाको स्वादसँगै मौलिकता बोकेको संस्कृतिसमेत सिकाइरहेका छन् । लहना र ससः ध्वाखाले नेवारी मौलिक खानालाई विशेष प्राथमिकताका साथ अगाडि बढाइरहेका छन् । दुवै रेस्टुरेन्टहरूमा नेवारी समुदायको खानासँगै मौलिक पहिरन, भौतिक संरचना, बसेर खाने संस्कारलाई देख्न सकिन्छ । कीर्तिपुरलाई नेवारी समाजको संस्कृति, सभ्यता र ऐतिहासिक रूपमा महत्त्वपूर्ण माने पनि हाल ती सबै पक्षहरू नयाँ पुस्तामा ओझेल पर्दै गएको लहनाका निर्देशक राजमान मानवले सुनाए । ओझेल पर्दै गएका पक्षलाई ब्युँताउने उद्देश्यले खाना संस्कार तथा व्यवसायसँग जोड्ने प्रयास गरिएको उनको भनाइ छ । डेढ दशकदेखि सञ्चालनमा रहेको लहनामा स्थानीय समुदायकै ७७ परिवार सञ्चालकका रूपमा छन् । यसले मौलिक पक्षको जगेर्नासँगै स्थानीय व्यक्तिहरूलाई रोजगारीको बाटोसमेत खुलेको उनले सुनाए । लहनामा नेवारी समुदायमा प्रचलित सबै प्रकारका खानाहरू परम्परागत विधिबाट नै तयार पारिन्छ । आवश्यक चामल, मसलाका प्रकार ओखल, ढिकीहरूमा कुटेर नै तयार गरिन्छ ।



लहना र ससः ध्वाखा दुवैमा यमरी, बारा, सन्याखुना, सेकुवा, छ्वय्ला, कचिला, चतामरी, अयला (रक्सी), थ्वोँ (छ्याङ) जस्ता नेवारी खानाका स्वादहरू लिन सकिन्छ । परिकारसँगै नेवारी संगीत, कर्मचारीहरूको नेवारी भेषभूषा, खानामा प्रयोग गरिने सामग्री तथा बस्ने ठाउँ दुवै रेस्टुरेन्टका विशेषता हुन् । कीर्तिपुरलाई नेवारी खानाको मुख्य केन्द्रबिन्दु बनाउन सकेमा पर्यटन प्रवर्द्धन गर्न सकिने निर्देशक मानवको ठहर छ । ‘सुम्निमा’ र ‘चासुवा’ मा भने राई समुदायको मौलिक खाना र संस्कारलाई प्रवर्द्धन गरिएको छ । विशेषगरी कुखुरा र बंगुरका मासुबाट बनाइने परिकारहरू दुवैमा रेस्टुरेन्टमा पाइन्छन् । ‘चासुवा’ मा प्रत्येक हप्ता शुक्रबार किराँती संस्कार झल्कने पूर्वेली लोकभाकाहरूसमेत प्रत्यक्ष प्रस्तुति हुने सञ्चालक विकास राईले बताए । सहरमा आधुनिकतासँगै विस्थापित भएको खानालाई देखाउन जोखिम मोलेर भए पनि झन्डै दुई वर्षदेखि ‘चासुवा’ सञ्चालन गरिरहेको राईले सुनाए ।

पाश्चात्य संस्कृतिसँगै उतैको संस्कार अँगालेका अहिलेका पुस्तालाई मौलिक पक्षलाई बुझाउन कठिन रहेको सञ्चालकहरूको अनुभव छ । मौलिक खाना, त्यसको गुणस्तर, मौलिक सामग्री जुटाउन र त्यसको ऐतिहासिक पृष्ठभूमिसमेत बुझाउनुपर्ने अर्को झन्झटिलो काम रहेको उनीहरू सुनाउँछन् । चुनौतीपूर्ण काम भए पनि मौलिक पक्ष जोडिएकाले अवसरसँगै आफ्नोपनाको आभास आउने राईको मत छ ।

सुदूर थातथलो छाडेर सहरिया शैली अपनाएकाहरु गाउँले जीवन र परम्परागत संगीतलाई रैथाने परिकारका साथ साक्षात्कार गर्दै

Thank you सुशीला तामा‌ङ

Saturday, December 3, 2022

What factors influence food trends?


Environmental factors such as weather, time of day, the immediate setting, or advertisements also influence food choices. Restaurants and markets often take advantage of this. For example, a grocery store might put food at eye level to encourage shoppers to purchase it.


क्यान्सर निम्त्याउने एक्रिलामाइडको मात्रा सबैभन्दा बढी हुने ५ खानेकुराहरू

  क्यान्सर निम्त्याउने एक्रिलामाइडको मात्रा सबैभन्दा बढी हुने ५ खानेकुराहरू एक्रिलामाइड अपरिचित लाग्न सक्छ , तर यो धेरै दैनिक खाने...